ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज महानगरपालिकाले ल्यायो आम सञ्चार ऐन

२०७८ माघ, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले आम सञ्चार ऐन २०७८ जारी गरेको छ । स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन र नियमन गर्ने गरी सो ऐन ल्याइएको महानगरपालिकाले बताएको छ । ऐन कार्यान्वयनका सन्दर्भमा महानगरले सरोकारका पक्षसित अन्तरक्रिया गरिएको जनाएको छ । स्थानीय तह आम सञ्चार ऐन अन्य पालिकाका लागि पनि अनुकरणीय हुने महानगरको दाबी छ । महानगरपालिकाभित्र सञ्चालनमा रहेका सञ्चारमाध्यमको प्रवर्द्धन गर्न, लोककल्याणकारी विज्ञापनलाई स्थानीय सञ्चारमाध्यममा समानुपातिक रुपमा वितरण गर्न, श्रमजीवी पत्रकारको दक्षता अभिवृद्धि र सञ्चारमाध्यमको संस्थागत विकासमा योगदान दिन ऐन ल्याएको नगर प्रमुख विजयकुमार सरावगीले बताए ।

सञ्चारमाध्यमको प्रवर्द्धन तथा विकास कोषको स्थापना र पत्रकारितालाई मात्र पेशा वनाएर काम गर्दे आएका ६० वर्षमाथिका जेष्ठ पत्रकारलाई लागि पेन्सन कोषको स्थापनाको व्यवस्था पनि ऐनले गरेको छ ।

विपत्तिबाट अप्ठेरोमा परेका सञ्चारमाध्यमलाई क्षति भएको सामान खरिदका लागि निश्चित अवधिसम्मका लागि सापटी रकम उपलब्ध गराउने गरी छुट्टै विपत्ति राहत कोष स्थापना गर्ने व्यवस्था गरिएको महानगरका सञ्चार सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए ।

पत्रकारको लेखनवृत्तिका लागि फेलोसिप र पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने दुईजना पत्रकारलाई हरेक वर्ष छात्रवृत्ति दिनेलगायतका नीतिसहित ऐन २०७८ जारी गरेको महानगरले बताएको छ । गतवर्षदेखि स्थानीय सञ्चारमाध्यमलाई समानुपातिक रूपमा लोककल्याणकारी विज्ञापन वितरण गरी सञ्चारमैत्री स्थानीय तहको रुपमा काम गरेकोे दाबी महानगरपालिकाले गरेको छ । नेपालमै पहिलोपटक स्थानीय तहले आमसञ्चार ऐन जारी गरेर स्थानीय सञ्चारमाध्यमलाई सुविधा दिएको महानगरले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)