ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आलोपालो प्रणालीमा प्रशासनको सेवा

२०७८ माघ, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिपेश पौडेल

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आलोपालो प्रणाली अनुसार स्थानीय तहका नागरिकलाई सेवा प्रवाह गर्न थालेको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण बढ्दै गएकाले कार्यालय परिसरमा भीडभाड नगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सोमवारदेखि आलोपालो अनुसार सेवा दिन थालिएको हो । कार्यालयले वार अनुसार स्थानीय तहका नागरिकलाई नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी र विभिन्न सिफारिस लगायतको सेवा प्रवाह गरिएको बताएको छ ।

कार्यालयका अनुसार आइतवार र सोमवार गौर नगरपालिका, राजदेवी नगरपालिका, फतुवा विजयपुर नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिएको छ । यसैगरी मंगलवार र बुधवार बौधिमाई नगरपालिका, देवाहीगोनाही नगरपालिका, यमुनामाई गाउँपालिका र राजपुर नगरपालिकाका नागरिकलाई सेवा दिएने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । बिहीवार र शुक्रवार भने मौलापुर नगरपालिका, कटहरिया नगरपालिका, परोहा नगरपालिका तथा ईशनाथ नगरपालिकाका बासिन्दालाई सेवा दिइने भएको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार सरकारी, सार्वजनिक, निजी कार्यालय/निकायहरूले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य पालना गरी/गराई स्थानीय तह अनुसार आलोपालोमा सेवा प्रवाह गर्नेछन् । यसअघि माघ ६ गते जिल्ला प्रशासन कार्यालय रौतहटले आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने, गोष्ठी, सेमिनार, बैठकहरू भर्चुअल माध्यमबाट गर्न र भौतिक उपस्थितिमा गर्नुपरेमा जनस्वास्थ्यको मापदण्डको पालना गरी बढीमा २५ जना (कोभिडविरुद्धको खोप पूर्ण मात्रा लगाएका) मात्र उपस्थित हुन लगायत आदेश जारी गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)