ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिलेश्वर नाथलाई पर्यटकीय क्षेत्र बनाउन संरचना निर्माण गरिदैं

२०७८ माघ, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

माघ ११, रौतहट । रौतहटको तिलेश्वर नाथ सामुदायिक वनलाई धार्मिक तथा पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले संरचनाहरु निर्माण गर्न थालिएको छ । नेपाल सरकार पर्यटन मन्त्रालय र चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा भौतिक संरचनाहरु निर्माण गर्न थालिएको हो । 

चन्द्रपुर नगरपालिका वडा नं. ३ मा रहेको तिलेश्वर नाथ सामुदायिक वन क्षेत्रमा तिलेश्वर नाथ पर्यटकीय क्षेत्र निर्माण गर्न लागिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजु धामीले बताए । उनका अनुसार करीब सात करोडको लागतमा सो स्थानमा नमूना पर्यटकिय स्थल बन्ने छ । 

बन विभाग र बन उपभोक्ता समुहको आर्थिक सहयोगमा बाल उधान निमार्णको काम भइरहेको छ । बालबालिकाहरुको लागि बाल उधान, फुलवारीहरु लगायतका संरचनाका काम भएका छन् । वि.सं. २०८९ साल सम्ममा सो पार्क तथा पर्यटकीय स्थल काम सम्पन्न गर्ने लक्ष्य रहेको अध्यक्ष धामीले बताए । 

स्विमिङ पुल, तिलेश्वर मन्दिर, पिकनिक स्पोर्ट, बाटो, बगैचा, फुलवारी, भ्यू टावर, नजिक रहेको चाँदी खोलामा झोलुङे पुलका साथै संग्रहालयको संरचना समेत निर्माण हुने उनले बताए । 

चिडियाखाना बनाउने योजना पनि सो सामुदायीक वनले अघि बढाएको उनले बताए । घुम्न आउनेहरुका लागि सुविधायुक्त खाजाघर, खानेपानी, बिजुलीबत्ति, सडकहरु बनाईने उनको भनाइ छ । प्रदेश कै उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष्य तिलेश्वर नाथ सामुदायीक वन उपभोक्ता समितिका पदधिकारीको छ । 

समितिका कोषाध्यक्ष भुनेश्वर गुरोका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिकोणले यस क्षेत्र महत्वपूर्ण रहेको उल्लेख गर्दै निर्माणकैै क्रममा यहाँ घुम्न तथा बनभोजका लागि आउनेको संख्या बढेको छ । 

यसले गर्दा अहिले गाँउमा चहलपहल बढेको उनको भनाइ छ । सो पर्यटकीय स्थल चन्द्रपुर चौकबाट करीब ४ किलोमिटर उत्तर गैडाटार टोलबाट पश्चिमतर्फ चाँदीखोला किनारमा पर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)