माघ १५, वीरगञ्ज । वीरगञ्जमा नदीको अवैध उत्खनन गरी विक्री गर्न लगिएको बालुवासहित २१ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार वीरगञ्ज महानगरपालिका- १६ स्थित नगवाबाट प्रहरीले ती ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
प्रहरीका अनुसार ती ट्रयाक्टरले वीरगञ्ज- ३२ स्थित भेडाहा खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरिएको बालुवा बोकेर आएका थिए ।
चालकसहित नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि शुक्रवार नै वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।