माघ १९, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई सशस्त्र प्रहरीले सम्मानित गरेको छ ।
सशस्त्र प्रहरीको महोत्तरीस्थित छिन्नमस्ता बाहिनीमा बुधवार आयोजित समारोह बीच सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले अध्यक्ष गुप्तालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
सशस्त्र प्रहरीको भौतिक संरचना निर्माणमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । २१ औं सशस्त्र प्रहरी दिनवको अवसरमा सो सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष गुप्ताले शसस्त्र प्रहरीले विगतमा बारा–पर्सा औद्योगिक कोरिडोरमा औद्योगिक शान्ति स्थापनामा सराहनीय काम गरेको बताए ।
अहिले सरकारले कोरिडोरबाट सशस्त्रको टास्क फोर्स हटाएकाले सुरक्षामा समस्या आएको उनले बताए । टास्क फोर्स पुनः स्थापना गरी औद्योगिक कोरिडोरको शान्ति सव्यवस्था कामय गराउन पनि गुप्ताले माग गरे ।