ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रौतहटमा बाघ गणनाका लागि राखिएका क्यामारा हराए 

२०७८ माघ, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

माघ २४, रौतहट । बाघ गणनाका लागि वनमा राखिएका क्यामारा हराएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग निकुञ्ज विभागको नेतृत्व एवम् डिभिजन वन कार्यालय, डब्लुडब्लुएफ नेपाल, जेडएसएल नेपालको सहयोगमा रौतहटकोे वनमा १२२ ओटा क्यामारा जडान गरिएको थियो । 

राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसार चार ओटा क्यामारा हराएको, दुई ओटा चोरी र केहि कामै नलाग्ने गरी फुटाएको अवस्थामा भेटिएको छ । क्यामारा ट्यापिङ्गको सहयोगमा बाघ गणनाका लागि माघ ४ गतेदेखि नै वनमा क्यामेरा राखिएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले बताए । 

उनका अनुसार चाँदी नदीदेखि वाग्मती सम्मको बिचको जंगलमा राखिएका ४ ओटा क्यामारा हराएको छ । पौराई तथा वाग्मती क्षेत्रका वनबाट राखिएको एक/एक थान क्यामेरा चोरी भएको उनले बताए । 

बाघको आवतजावत हुने स्थानकै क्यामेरा चोरी भएकाले बाघ गणनालाई असर पार्ने उनले चिन्ता व्यक्त गरे । राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता संरक्षण केन्द्र चितवनका प्रमुख डा. बाबुराम लामिछानेले माघ ४ गतेदेखि नै वनमा राखिएको क्यामारा १५ दिनसम्म रहने र त्यसपछि सबै संकलन गरेर तथ्यांक विश्लेषण गरी बाघ गणना गरिने बताए । 

उनका अनुसार तथ्यांक् विश्लेषण गरी दुईदेखि तीन महीनासम्ममा बाघको यकिन तथ्यांक निकाल्न सकिन्छ । 

तर क्यामारा नै हराएका कारण बाघको तथ्यांकमा असर पर्ने सक्ने उनको भनाइ छ । गत वर्ष रौतहटको वन क्षेत्रमा ४ ओटा बाघ फेला परेको थियो । 

पछिल्लो समयमा वन संरक्षण उल्लेखनिय भएकाले बाघको संख्यामा वृद्धि भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले बताए । 

बाघको आक्रमणबाट केहि वर्ष अघि चन्द्रपुर ६ का एक युवक मारिएका थिए भने केहि घाईते समेत भएका छन् । बाघले पशु चौपायलाई पनि आक्रमण गर्ने गरेको डिभिजन वन कार्यालय रौतहटले जानकारी दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)