ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रासायनिक मल नपाउँदा सर्लाहीमा आलु उत्पादन दोब्बरले घट्यो

२०७८ माघ, २५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

माघ २५, सर्लाही । गत वर्षका तुलनामा जिल्लामा आलु उत्पादनमा कमी आएको छ । जिल्लाको उत्तर–पश्चिम भेगमा व्यावसायिक आलुखेती गर्दै आएका किसानले समयमै रासायनिक मल नपाउँदा आलु उत्पादनमा दोब्बरले कमी आएको बताइएको छ । 

बरहथवा नगरपालिका–१ हजरियाका किसान रामकुमार नेपाल भने, ‘विगतका वर्ष पनि आलु उत्पादन कमै भएको थियो । समयमा मल नपाउँदा  यसवर्ष  पनि झन् कमी आयो । उत्पादित आलुले बजार समेत पाएको छैन ।’  प्रतिकिलो रू. २५ देखि ३० मा बीउ किनेर रोपेको आलु अहिले रू. १५ मा विक्री गर्नुपरेको उनले गुनासो गरे ।

भारतबाट सस्तो मूल्यका आलु नेपाली बजारमा भित्रिएकाले स्वदेशी उत्पादनले भाउ नपाएको यहाँका किसानको गुनासो छ । 

किसानले आलु व्यापारीलाई प्रतिकिलो रू. १६ मा खेतबाटै विक्री गरिरहेका छन् । बागमती नगरपालिका– ६ राजघाटका किसान पनिलाल रामले भने,’ ‘आलु लगाउने समयमा युरिया मलको अभाव भयो ।’ 

जिल्लाको बरशथवाको हजरिया, राजघाट, बरहथवा, मानपुर, शंकरपुरलगायत क्षेत्रमा व्यावसायिक आलुखेती हुने गरेको छ । यस क्षेत्रमा लालगुलाब, कुप्री सिन्दुरे, विविरे केतु र कोमल जातको आलु खेती गरिन्छ । 

जिल्लाभर एक हजार ४०० हेक्टर क्षेत्रफलमा आलुखेती हुने जिल्ला कृषि ज्ञान केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहले जानकारी दिए । जिल्लामा उत्पादन भएको आलु मलङ्गवा, चपुर, वीरगन्ज र कलैयामा रहेको शीत भण्डारमा भण्डारनका लागि लैजानुपर्ने बाध्यता रहेको जिल्लाका किसानको गुनासो छ । 

कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयका प्रमुख दीपक थापा मगरलले जिल्लामा मल अभाव नरहेको बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)