ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जमा उठ्न थाल्यो अस्पतालजन्य फोहोर, अलग - अलग डष्टविनको प्रयोग गर्न अनुरोध

२०७८ फागुन, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

फागुन ५, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले नियमित रूपमा अस्पतालजन्य फोहर संकलन गर्न थालेको छ । 

महानगरपालिकाले बिहीवारदेखि यो अभियान शुरु गरेको हो । केहीदिन अघि वीरगञ्जको नगवामा अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र स्थापना भएको थियो । फोहोर व्यवस्थापनकालागि अस्पतालजन्य फोहोर संकलन शुरु भएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । 

वीरगञ्जमा अस्पताल, नर्सिङ होम, तथा विभिन्न परीक्षण प्रयोगशालाबाट निस्कने फोहोर तालिम प्राप्त प्राविधिकले नष्ट गर्ने महानगरले बताएको छ । अस्पताल र परीक्षण प्रयोगशालाबाट निस्किने मानव अङ्ग तथा स्वास्थ्यमा प्रतिकूल असर गर्ने खालका फोहोरहरुको उचित व्यवस्थापनकालागि छुट्टै अस्पतालजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको महानगरले बताएको छ । 

अब नियमित रुपमा अस्पतालजन्य फोहोर संकलन गरी व्यवस्थापन हुने भएकाले यसले वातावरण स्वच्छ राख्न पनि मद्दत पुग्ने नगर प्रमुख सरावगीको विश्वास छ । 

अस्पताल तथा प्रयोगशालाहरुले जथाभावी फोहोर नफ्याँकेर फोहोर व्यवस्थापनकालागि छुट्टै डष्टविनहरुको प्रयोग गर्न र फोहोरहरुलाई उचित व्यवस्थापनमा सहयोग पु र्‍याउनसमेत महानगरले आग्रह गरेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)