ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फर्निचर मेलामा खरीदकर्ताको आकर्षण : ५ करोडको कारोबार हुने अनुमान

२०७८ फागुन, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रौतहट (अस) । नेपाल विश्वकर्मा बजार समितिको आयोजनामा रौतहटको गरुडा नगरपालिका–१ जयनगरमा सञ्चालित फर्निचर मेलामा खरीदकर्ताको आकर्षण बढेको छ । श्रीपञ्चमीदेखि शुरू भएको मेलामा उपभोक्ताको आकर्षणसँगै कारोबार समेत बढेको व्यवसायी बताउँछन् । मेलामा यस वर्ष करीब ३०० भन्दा बढी व्यवसायीले फर्निचर सामग्री विक्रीका लागि राखेका छन् ।

काठबाट बनेका आकर्षक फर्निचर सामग्री किन्न रौतहट र आपपासका जिल्लाका बासिन्दाले सो मेला पर्खने गरेका छन् । अन्य ठाउँमा सामान किनेको भन्दा मेलामा २५ प्रतिशतभन्दा कम मूल्यमा फर्निचर सामग्री खरीद गर्न पाइन्छ । मेलामा राखिएका फर्निचरका सामग्री सस्तो, बलियो र आकर्षक हुने भएपछि यहाँका स्थानीयवासी खरीदका लागि मेला नै पर्खने गरेको शिवनगरका स्थानीय करणकुमार मिश्राले बताए ।

साल, सिसौ, टिक, मसला, आँपलगायत विभिन्न जातको काठबाट आकर्षक तरिकाले बनाइएका फर्निचर सामग्री मेलामा पाइने उनको भनाइ छ । बलियो काठको आफैले फर्निचर बनाएर यस मेलामा ल्याउने गरेकाले बजारभन्दा तुलनात्मक रूपमा सस्तो हुने र सम्पूर्ण सामान एकै ठाउँमा उपलब्ध हुने भएपछि मेला खरीदकर्ताको आकर्षणको केन्द्र बनेको छ ।

आकर्षक तरिकाले बुट्टा कुँदिएका पलङ, कुर्सी, ढोका, सोफा, दराज तथा किसानलाई खेती र घरायसी प्रयोजनमा आउने फलामका हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायत सामग्री विक्रीका लागि मेलामा राखिएका छन् । मेलामा सहभागी व्यवसायीले हरेक वर्ष दोब्बर सामग्री विक्री हुने गरेको बताएका छन् । मेलामा यस वर्ष ५ करोड रुपैयाँको कारोबार हुने अनुमान रहेको नेपाल विश्वकर्मा बजार समितिका अध्यक्ष अरुण यादवले बताए । गतवर्ष ४ करोड रुपैयाँको कारोबार भएको थियो । मेलामा राखिएकाका फर्निचर सामग्री सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौं, पोखरा, विराटनगर, जनकपुर र भारत विहारका विभिन्न ठाउँसम्म पुग्ने गरेको व्यवसायीको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)