ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उज्यालो जनकपुरधाम अभियानले झिलीमिली उपमहानगरका सडक

२०७८ फागुन, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

जनकपुर । केही समयअघि सम्साँझै अध्याँरो र डरलाग्दो देखिने जनकपुरधाम उपमहानगरका क्षेत्रका सडक यतिबेला  झिलीमिली देखिन थालेका छन् । जनकपुरधाम उपमहानगरपालिकाले उज्यालो नगर बनाउने योजनाका साथ मुख्य सडक र गल्लीका खम्बा–खम्बामा हाइमास तथा सेन्सर लाइट बत्ती जडान गरेपछि जनकपुरधाम नगर क्षेत्र झिलीमिली बनेको हो ।     

‘केही महिनाअघिसम्म साँझ पर्नेबित्तिकै सडक अध्याँरो हुने र हिँड्डुल गर्न नसक्ने स्थिति थियो’, जनकपुरधाम उपमहानगर–१ का रोशन महतोले भने,  ‘तर, अहिले रातीको समय जतिबेला पनि नगर क्षेत्रका सडक उज्याला हुन्छन् ।  यसले नगरबासीलाई सुरक्षित महसुस गराएको छ ।’ उपमहानगरले खम्बाखम्बामा जडान गरेको बत्तीले बस्ती नै उज्यालो बनेको उनी सुनाउँछन् ।     

‘पहिला–पहिला सडक छेउका अधिकांश खम्बामा बत्ती थिएन’, जनकपुरधाम उपमहानगर–४ का सहदेव साहले भने, ‘जडान भएका बत्ती पनि कतिपय बल्ने स्थितिमा थिएनन्, जसले गर्दा यस क्षेत्रका सडकमा साँझ पनि हिँड्डुल गर्न समस्या भइरहेको थियो । अहिले निर्धक्क भएर २४ सै घन्टा सडकमा हिँड्दा पनि कुनै समस्या छैन ।’ विगत वर्षमा साँझ र रातीको समय सडक अध्याँरो हँुदा चोरी, लुटपाटजस्ता आपराधिक घटना हुने गरे पनि अहिले नगर क्षेत्रमा त्यस्ता आपराधिक घटनामा समेत ह्वातै कमी आएको उनले बताए । यसबाहेक खम्बाको बत्तीले नगर क्षेत्र नै झिलीमिली बनेको उनको भनाइ छ ।

नगर क्षेत्रका सडक र गल्लीमा ६७३ सेन्सर लाइट जडान
उपमहानगरले एकपछि अर्को लोकप्रिय योजना ल्याएर कार्यान्वयन गर्ने गरेकाले छोटो समयमै जनकपुरधाम उपमहानगरले मुहार फेर्न लागेको स्थानीय बताउँछन् । उपमहानगरले गत आर्थिक वर्ष ०७७/७८ देखि उज्यालो जनकपुरधाम अभियानअन्तर्गत सडक तथा गल्लीका खम्बामा बत्ती जडानलाई तीव्रता दिएको उपमहानगरका योजना शाखा प्रमुख वरिष्ठ इञ्जिनियर वीरेन्द्रकुमार यादवले जानकारी दिए । सोही योजनाअनुसार नगर क्षेत्रका सडक र गल्लीमा ६७३ सेन्सर लाइट जडान गर्ने लक्ष्य रहेकामा हालसम्म करिब ६० प्रतिशत लाइट जडान गरिसकेको र बाँकीमा जडान कार्य भइरहेको वरिष्ठ इञ्जिनियर यादवले बताए ।

‘नगर क्षेत्रमा अघिल्लो आर्थिक वर्षबाट उज्यालो जनकपुर अभियान सुरु गरेका छौं’, उनले भने, ‘त्यसै अभियानअन्तर्गत हामीले अहिलेसम्म रेल्वे स्टेसनदेखि विमानस्थलसम्म, जानकी मन्दिरदेखि रामानन्द चोकसम्म र परिक्रममा सडकमा ठूलाठूला सेन्सर लाइट जडान गरेका छौं । बाँकी सडकमा पनि बत्ती जडानको काम जारी छ । छिट्टै जडान सकिनेछ ।’ विगतमा फोहोर र कुरुप सहरको पहिचान बनाएको जनकपुरधाम नगर क्षेत्रमा पछिल्लो समय भएको लोभलाग्दो विकासले यहाँका जनप्रतिनिधि मात्र होइन, स्थानीयसमेत उत्साहित बनेका छन् । रासस 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)