ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बागमती नगरपालिकामा फनपार्क निर्माण शुरू

२०७८ फागुन, ९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सर्लाही । बागमती नगरपालिकाले फनपार्क निर्माणको काम शुरू गरेको छ । दक्षिण एशियाकै ठूलो मानव निर्मित तालको निर्माण गर्दै गरेको नगरपालिकाले बगैंचा पनि निर्माण गरिरहेको छ । वडा नं ११ स्थित पूर्व–पश्चिम लोकमार्गबाट फनपार्कसम्म पुग्ने सडकको पनि व्यवस्थापन भइसकेको नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ मा सडक पनि पूर्णरूपमा निर्माण गरिसक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सुव्यवस्थित फनपार्कको निर्माणको काम थालिएको नगरपालिकाले बताएको छ । चुरे पहाडको फेंदी र बागमती नदीको किनारमा व्यवस्थित फनपार्कको निर्माण शुरू भएसँगै व्यवसायीको नजर पनि सो फनपार्क निर्माणस्थलतर्फ पुगेको छ । त्यहाँ निजीक्षेत्रबाट पनि रिसोर्ट निर्माण शुरू भएको छ ।     

बागमती नदीको किनारमा शान्त ठाउँमा फनपार्कको निर्माण भइरहेकाले वर्षेनि लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने लक्ष्य लिइएको नगर उपप्रमुख लीलाकुमारी मोक्तानले बताइन् ।

फनपार्क निर्माणपछि सयौंले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाउने नगर प्रमुख थापाले बताए । फनपार्कबाट भरत तालसम्म केबलकार चलाउने र फनपार्कभन्दामाथि चुरेको डाँडामा गौतमबुद्धको प्रतिमा राखिने जस्ता ठूला योजना पनि फनपार्कसँग जोडिएको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)