ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशसभा बैठक स्थगन

२०७८ फागुन, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जनकपुरधाम । मधेस प्रदेशसभाको मंगलबा बस्ने भनिएको बैठक बस्दै नबसी फागुन २२ गतेसम्मका लागि स्थगित भएको छ । मंगलबा दिउँसो २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक दोस्रो पटक विशेष कारण देखाउँदै प्रदेशसभा सचिवालयले फागुन २२ गतेसम्मका लागि स्थगित गरेको हो ।     

प्रदेशसभा भवनको कम्पाउन्डभित्र कालोपत्रे गर्ने काम भइरहेको र फागुन १५ गते हुन लागेको कांग्रेसको जिल्ला अधिवेशनमा प्रदेशसभा सदस्य व्यस्त भएकाले मंगलबारको  बैठक स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । मंगलबा बस्ने बैठकमा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेस भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यतालिका थियो । यसअघि फागुन १ गते आह्वान गरिएको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगित गरेको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)