ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मलंगवामा अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

२०७८ फागुन, १३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं (अस) । महिन्द्रा समूहको महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो लिथियम आईओन सञ्चालित इलेक्ट्रिक थ्री ह्वीलर ट्रियो इलेक्ट्रिक अटो सर्लाहीको मलंगवा–३ मा सार्वजनिक गरेको छ ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट संरचनाको माध्यमबाट नेपाल आउने गर्छ । तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न बुकिङ सुरु भएको कम्पनीले बताएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्छन् ।

अग्नि इनर्जीको जनकपुरधाम–२३ धनुषाका लागि बिक्रेता साइनए अटो मोबाइलका प्रबन्ध निर्देशक आलोक साहका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ
र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् ।

आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गरेको कम्पनीको दाबी छ ।

ट्रियोमा जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङ प्रयोग गरिएको छ । टियो इलेक्ट्रिकमा तीन वर्ष वा ८०,००० किमि वारेन्टी दिइएको कम्पनीले बताएको छ ।

कार्यक्रममा मलंगवा नगरपालिका प्रमुख निप्सल साह, उपप्रमुख सबनम भिकरानी, प्रमुख जिल्ला अधिकारी स्थानेश्वर गौतम, सशस्त्र प्रहरीका एसपी भरत बानिया, उद्योग वाणिज्य संघ र चेम्बर अफ कमर्सका पदाधिकारी, स्थानीय, उद्योगी, व्यापारीका साथै महिन्द्रा एन्ड महिन्द्राका सेल्स हेड ग्लोबल वर्ल्डका हिमांशु अग्रवाललगायत सहभागी थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)