ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज भन्सारले उठायो १ खर्ब ३८ अर्ब राजस्व : ४ खर्ब ६३ अर्बको वस्तु आयात हुँदा निर्यात ६६ अर्बको

समीक्षा अवधिको तुलनामा तुलनामा ३४ अर्ब रुपैयाँ बढी राजस्व संकलन

२०७८ चैत, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत ५, वीरगञ्ज । वीरगञ्ज भन्सारले चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को ८ महीनामा १ खर्ब ३८ अर्ब रुपैयाँ राजस्व उठाएको छ । 

चालू आवको साउनदेखि फागुनसम्मको अवधिमा उठेको यो राजस्व लक्ष्यभन्दा ४ प्रतिशत बढी भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । 
यो अवधिका लागि वीरगञ्ज भन्सारलाई १ खर्ब ३४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो ।

यो वर्ष अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा तुलनामा ३४ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको भन्सारको तथ्यांकले देखाएको छ । 

कुल राजस्वमध्ये भन्सारतर्फ ५० अर्ब ६ करोड, मूल्य अभिवृद्धि कर ५४ अर्ब ७४ करोड, अन्तःशुल्क १५ अर्ब उठेको छ । वीरगञ्ज भन्सारले यो अवधिमा १० अर्ब रुपैयाँ पूर्वाधार कर पनि उठाएको छ । 

यो अवधिमा वीरगञ्ज नाकाबाट ५ खर्ब ३० अर्ब रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । ४ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको मालसामान आयात हुँदा निर्यात ६६ अर्ब रुपैयाँको भएको पौडेलले जानकारी दिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)