ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयात - निर्यात वृद्धिको प्रभाव : वीरगञ्ज भन्सारको राजस्व संकलनमा सुधार    

२०७८ चैत, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत १०, वीरगञ्ज । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न वस्तुको आयात निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएको छ ।     
     
 विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसको प्रभाव कम भएसँगै देशभित्रको उद्योग व्यापारले गति लिएपछि वीरगञ्ज नाकाको आयात निर्यात वृद्धि भई राजस्व संकलनमा सुधार आएको हो ।     
गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज भन्सार कार्यालयले ३४ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७७/ ०७८ को साउनदेखि फागुनसम्ममा १ खर्ब ४ अर्ब ८९ करोड राजस्व संकलन गरेको तुलनामा चालू आवको सोही अवधिमा कार्यालयले ३४ अर्ब ५ करोड रुपैयाँ बढी अर्थात् १ खर्ब ३८ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । यो समीक्षा अवधिको तुलनामा ३२ दशमलव ४६ प्रतिशतले बढी हो ।     
     
 वीरगञ्ज भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने डिजेल, पेट्रोल, खाना पाउने एलपी ग्यासलगायतका इन्धन र जिप, कारलागयतका सवारी साधन आयात बढेसँगै कार्यालयको राजस्वमा उत्साहजनक वृद्धि देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले समीक्षा अवधिको तुलनामा चालू आवमा सवारी साधन आयातबाट २१ प्रतिशत र इन्धनको आयातबाट ३९ प्रतिशत बढी राजस्व संकलन भएको बताए।     
     
समीक्षा अवधिमा २२ अर्ब ८३ करोड मूल्यका विभिन्न सवारी साधन आयात हुँदा २५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको तुलनामा चालू आवमा २८ अर्ब १४ करोड मूल्यका सवारी साधन आयात हुँदा ३१ अर्ब ३ करोड रुपैयाँ राजस्व संकलन भएको गुप्ताले जानकारी दिए ।     
     
त्यसै गत आवमा ७० अर्ब ८२ करोड रुपैयाँको इन्धन आयात हुँदा  ३९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन भएको तुलनामा चालू आवको सोही अवधिमा १ खर्ब ३४ अर्ब ४८ करोड मूल्यको इन्धन आयात हुँदा ५४ अर्ब ३८ करोड रुपैयाँ  राजस्व संकलन भएको भन्सार कार्यालयले बताएको छ ।     
     
 बढ्दो ब्याजदर र सीमा क्षेत्रमा हुने विभिन्न वस्तुको अवैध ओसारपसारलाई सरकारले नियन्त्रण गरे वीरगञ्ज नाकाको राजस्व संकलनमा थप सुधार हुने उद्योगी व्यवसायीको भनाइ छ । रासस
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)