ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सप्तरी र सिरहा जोड्ने बलान नदीमा बन्यो पक्की पुल, मन्त्री यादवले गरिन् उद्घाटन 

२०७८ चैत, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत १२, सप्तरी । तराई मधेसको सडक पूर्वाधारमा महत्वपूर्ण मानिएको हुलाकी सडकअन्तर्गत सप्तरी र सिरहा जिल्लालाई जोड्ने बलान नदीमा पुल निर्माण भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले एक समारोहका बीच पुलको उद्घाटन गरेकी छिन् ।पुल उद्घाटन गर्दै मन्त्री यादवले तराई मधेसको विकासमा महत्वपूर्ण मानिएको हुलाकी सडकलाई गति दिन सरकार लागिपरेको बताइन् ।

विगतका सरकारले तराई मधेसप्रति विभेदकारी नीति लिएकाले हुलाकी सडकले अपेक्षित गति लिन नसकेको आरोपसमेत उनले लगाइन् ।  सो पुल निर्माणको जिम्मा शर्मा/ पप्पु जेभीले लिएको थिए ।

२४ करोड ६२ लाख रुपैयाँमा पुल तयार भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका प्रमुख कृष्णकुमार महतोले बताए । ४ वर्षमा निर्माण सक्ने गरी २०६८ सालमा ठेक्का सम्झौता भएको थियो । 

हुलाकी राजमार्ग तराई मधेसको विकास र आर्थिक समृद्धिका लागि रणनीतिक योजना मानिएको छ । यो योजनाबाट यस क्षेत्रका ९० लाख बासिन्दा लाभान्वित हुने अनुमानसहित सरकारले यो योजनालाई राष्ट्रिय गौरवको योजनामा राखेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)