ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जको रजतजयन्ति चोक–मितेरी पुल सडक मर्मतमा किचलो, सास्तीसँगै दूर्घटनाको जोखिम 

मुख्य मार्गको दुरावस्थाले आवागमनमा सास्ती

२०७८ चैत, १९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, वीरगञ्ज  । वीरगञ्जस्थित मुख्य नाकाको रजतजयन्ति चोकदेखि नेपाल–भारत मितेरीपुलसम्मको सडक मर्मत अन्योलमा परेको छ । 

वीरगञ्ज–पथलैया व्यापारिक मार्ग आयोजनाले ३ महीनामा काम सक्ने गरी समा कन्स्ट्रक्सनलाई कालोपत्रेको ठेक्का दिएको २ महीना बितिसक्न लाग्दा पनि काम शुरू भएको छैन । 

सो सडकखण्डको १ दशमलव ३ किलोमिटर कालोपत्रका लागि ५ करोड रुपैयाँमा ठेक्का लगाइएकोमा ठेक्कामा मिलेमतो भएको भन्दै सर्वोच्चमा रिट परेपछि काम रोकिएको हो । निर्माण कम्पनीले निर्माणस्थलमा सामग्री थुपारे पनि सडक मर्मत गरेको छैन ।  गत पुस ५ मा सडक मर्मतका लागि ३० दिनको समय राखेर ठेक्का आह्वान गरिएको थियो । आयोजनाले फागुन २५ मा कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो ।

ठेक्कामा मिलेमतो भएको भन्दै सगमाथा इन्फ्राटेकका सञ्चालक दीपेशमान महर्जनले सर्वोच्च अदालतमा फागुन १३ गते रिट हालेपछि ठेक्का यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख मनीषकुमार साहले बताए । 

ठेक्कामा कुनै प्रकारको मिलेमतो नभएको आयोजना प्रमुख साहले बताए । ई–बिडिङमार्फत हुने ठेक्कामा मिलेमतो हुनै नसक्ने उनको भनाइ छ ।  विगत ६ वर्षदेखि यो सडक मर्मत हुन सकेको छैन । मुख्य मार्गको दुरावस्थाका कारण आवागमनमा सास्ती र दुर्घटनाको जोखिम बढेको छ ।

अबको एक महीनापछि बर्खा शुरू हुने भएकाले यो वर्ष काम नहुने सम्भावना बढेको आयोजनाले बताएको छ । आफू काम अघि बढाउन तयार भए पनि सर्वोच्चको आदेशका कारण रोकिनु परेको समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलमले बताए । काम गर्न पाए १ महीनामै पूरा गर्ने दाबी पनि उनले गरे । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)