ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राहत उपलब्ध गराउन विवरण माग

२०७८ चैत, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रौतहट (अस) । जिल्ला प्रशासन कार्यालय रौतहटले धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउन किसानको विवरण माग गरेको छ । गत असोज अन्तिम साता भएको बेमौसमी वर्षाका कारण कृषकको धानबालीमा क्षति पुगेको थियो । पीडित किसानलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासनले स्थानीय तहसँग विवरण माग गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूसँग कृषकको नाम, क्षति भएको खेतको क्षेत्रफल  तथा बैंक खाता पठाउन स्थानीय तहहरूलाई पत्राचार गरेको छ । जिल्ला प्रशासन कार्यालयले गत फागुन ८ मा पनि यस्तो  विवरण उपलब्ध गराउन स्थानीय तहहरूलाई पत्राचार गरेको थियो । तर, अधिकांश स्थानीय तहले विवरण नपठाएकाले फेरि पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका लेखापाल सञ्जय झाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)