ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गाउँको मुख्य आयस्रोत विरुवा उत्पादन : विदेशिन छाडे युवा, गाउँमै आम्दानी

२०७८ चैत, २३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत २३, रौतहट । रोजगारीका लागि गाउँ गाउँबाट युवा विदेशिने क्रम बढेपनि एक गाउँका युवा भने स्वदेशमा नै मनग्य आम्दानी गर्दैछन् । उनीहरुको मुख्यआयस्रोत भनेको विभिन्न जातको बिरुवा उत्पादन अर्थात् बेर्ना विक्री गर्नु हो ।

कटहरिया नगरपालिका वडा नं. ३ विर्ति प्रस्टोका गाउँमा ७०० भन्दा बढी घरधुरी छ । प्रत्येक घरधुरी परिवारको मुख्य आयस्रोत नै बेर्ना उत्पादन गर्दै विक्री गर्नु हो । बन्दना फलफूल नर्सरी बागवानी फर्मका सञ्चालक राम प्रवेश साहका अनुसार गाउँबाट कोहि पनि रोजागरीका लागि विदेश गएका छैनन् । 

नर्सरीमा नै मनग्य आम्दानी भएपछि यहाँका युवामा विदेश जाने रुची नभएको उनको भनाइ छ । नर्सरीमा नै मेहनत गरेर यहाँका युवाले विदेशमाभन्दा बढी कमाउने गरेको उनले बताए । 

साहका अनुसार एक नर्सरीबाट अनुमानित ५ देखि १५ लाखभन्दा बढीसम्म वार्षिक आम्दानी हुन्छ । ‘यहाँ करीब २०० भन्दा बढी दर्ता गरीएका फलफूल नर्सरी तथा बागवानी फर्म छ’ उनले भने । गाँउमा करीब ७० बिघाभन्दा बढी क्षेत्रफलमा विभिन्न प्रजातिका विरुवाको नर्सरी गरिएको छ । 

यहाँका अधिकांश किसानको करेसाबारीमा समेत फलफूलका बिरुवा देखिन्छ । नर्सरीमा विशेष गरी फलफूल, घर सजावट तथा काठ उत्पादन हुने जातका बिरुवा छन् । 

विर्ति प्रस्टोका घर भएका खेन्हा राय यादवले विरुवा उत्पादन गरेर नै वार्षिक २० देखि ३० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले ३ विघा खेतमा आँप, कटहर, स्याउ, सुन्तला लगायत प्रजातिका विरुवा लगाएका छन् । यादवका अनुसार यहाँ उत्पादित भएका बिरुवा मुलुकको विभिन्न स्थानका साथै भारतको विहार राज्यसम्म विक्री हुने गरेको छ । भारतीय व्यापारीहरू नर्सरीस्थलमै आएर बिरुवा खरीद गर्ने गरेको उनको भनाइ छ । 

फलफूलमा आँप, लिची, कटहर, कागती, अम्बा, अनार, केरा, नरिवल तथा घरसजावटका लागि अशोक, समी, धुपी लालुपाते, गुलाब र काठ उत्पादन हुने रुख प्रजातीको बकाइनो, टाँकी, बडहर, बाँस सिसौ, सिमल, जामुन, टिक, लगायतका विभिन्न प्रजातीका बिरुवा अधिक उत्पादन हुने गरेको नर्सरी सञ्चालकहरु बताउँछन् । 

उक्त स्थानमा उत्पादन गरिएको फलफूल तथा रूखका बिरुवाले देशको विभिन्न स्थानको माग पूरा गरेको छ । कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुश्वाहका अनुसार बिर्ति प्रस्टोका गाँउ नै बिरुवा उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ । 

उनीहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले सिँचाई, प्रविधिक सल्लाह लगायतका विभिन्न किसिमका कार्य गर्दै आएको कुश्वाहले बताए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)