ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गढिमाई नगरपालिकाद्वारा आफ्नै भवनबाट सेवा दिन शुरु

२०७८ चैत, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

चैत २७, रौतहट । भाडाको घरमा बस्दै आएको गढिमाई नगरपालिकाले आफ्नै भवनबाट सेवा दिन थालेको छ । करीब ३ करोडको लागतमा तीन तल्ले ३२ ओटा कोठाको भवन निर्माण भएपछि शुक्रवारबाट सेवा दिन थालेको हो । 

गढिमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादवले नवनिर्मित भवनको उद्घाटन गरी सोहि भवनबाट सेवा आरम्भ गरेका हुन् । स्थानीय सरकार गठन भएदेखि नै नगरपालिकाको कार्यालय भाडाको घरमा बस्दै आएको थियो । 

आफनो कार्यकालमा भवन नहुँदा असहज भएको उल्लेख गर्दै तीन वर्षको मेहनत पछि भवन निर्माण कार्य पूरा भएको उनले बताए । 

स्थानिय तहको निर्वाचन नजिकदै गर्दा भवन निर्माण कार्य पनि पुरा भयो उनले भने, ‘अवका जनप्रतिनिधि तथा कर्मचारीलाई असहज हुँदैन । 

नगर प्रमुख उपप्रमुख, लेखापालको छुट्टाछुट्टै कार्यकक्ष सहित ६ ओटा हल भएको भवन निर्माण गरीएको उनले बताए । कार्यालयको आफ्नो भवन भएपछि घर भाडा बचत हुनुका साथै सेवा प्रवाहमा सहज भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव बताए । 

नगरको आफ्नै भवन भइसकेकाले अब दैनिक प्रशासनिक कार्यमा कुनै असहज नहुने उनको भनाइ छ । रौतहटका १६ नगरपालिका र २ गाँउपालिका छन् । अधिकांश स्थानीय तहको आफ्नो भवन छैन । केहि पालिकाले भवन निर्माणमा भने चासो दिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)