चैत २८, जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घूसवापत लिएको रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय धनुषाका प्रमुख सुनिलकुमार झालाई सोमवार बिहान पक्राउ गरेको छ ।
आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले जनकपुरधामस्थित भानु चौकस्थित एक चिया पसलबाट घूसवापत सेवाग्रहीसँग लिएको रू. पाँच लाख रकमसहित प्रमुख झालाई पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको टोलीले घूस रकमसहित प्रमुख झालाई पक्राउ गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको आयोग बर्दिवासका प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । रासस