ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज भन्सारबाट इन्धन आयातमा वृद्धि, ८ महीनामा ५६ अर्ब ७० करोड बराबरको आयात

२०७८ चैत, २९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चैत २८, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उलेख्य वृद्धि भएको छ । 

देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ महीनाका तुलनामा चालू आवको सोही अवधिमा वीरगञ्ज नाका प्रयोग गरी रू. ५६ अर्ब ७० करोड ६३ लाखभन्दा बढी मूल्यको रू. १० लाख ९७ हजार २९६ किलोलिटर बढी इन्धन आयात भएको हो ।

आव २०७७/७८ को साउनदेखि फागुनसम्ममा रू. ५६ अर्ब ४४ करोड २३ लाखको नौ लाख ४१ हजार ५५७ किलोलिटर डिजल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र एक लाख ६६ हजार ७९७ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयातको तुलनामा चालू आवको सोही अवधिमा रू. एक खर्ब १३ अर्ब १४ करोड ८७ लाख मूल्यको २० लाख ३८ हजार ८५३ किलोलिटर इन्धन र एक लाख ८७ हजार ४५६ मेट्रिक टन ग्यास आयात भएको सो कार्यालयले जानकारी दिएको छ ।

यो समीक्षा अवधिको तुलनामा चालू आवको सोही अवधिमा १०० दशमलव ४६ प्रतिशत बढी मूल्यको ११६ दशमलव ५४ प्रतिशत इन्धन बढी आयात भएको हो । कोरोना महामारीका कारण गत वर्ष मुलुकभित्रको उद्योग व्यपार तथा यातायात सञ्चालनमा कमी देखिएको थियो । 

चालू आवमा संक्रमण दरमा आएको कमीले जनजीवन तथा उद्योग व्यपार समान्यरूपमा सञ्चालन भएकाले इन्धनको आयात बढी भएको कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले इन्धनको आयात बढेको सकारात्मक प्रभाव राजस्व संकलनमा देखापरेकोे बताए । 

गत आवको आठ महीनामा वीरगञ्जनाका प्रयोग गरी नेपालका लागि भएको इन्धन आयातबाट रू. ३५ अर्ब ८३ करोड ६८ लाख राजस्व संकलन भएको थियो । 

चालू आवको सोही अवधिमा रू. १३ अर्ब ७२ करोड ९२ लाख बढी अर्थात् रू. ४९ अर्ब ५६ करोड ६१ लाख राजस्व संकलन नभएको भन्सार कार्यालयले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)