ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुरधाममा २ सय शय्याको क्यान्सर अस्पताल बन्ने

२०७८ चैत, ३०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

धनुषा । जनकपुरधाममा विनयतारा फाउण्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले २ सय शत्याको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ । जनकपुरमा सोमवार आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका)सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बीटीएफसीसी)ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा. विनय शाहले जानकारी दिए ।

डा. शाहले नयाँ वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा सो क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले सो अस्पतालको शिलान्यास गर्ने उनले बताए ।

‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोङ एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ । उनीहरूको नवीनतम डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ,’ डा. शाहले भने, ‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० शय्याको भवन निर्माण गरिसक्नेछौं ।’ अस्पताल भवन निर्माणका लागि स्थानीय समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेको जानकारी डा. शाहले दिए ।

बीटीएफसीसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । हाल जनकपुरधाममा बीटीएफसीसीको २५ शøयाको अस्पताल सञ्चालनमा रहेको छ । जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आईसीयू र एनेस्थेसियोलोजी समावेश छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)