ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जनकपुरमा शहरी स्वास्थ्य केन्द्र बढाइँदै

२०७९ बैशाख, १४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जनकपुर । नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाका नगरक्षेत्रका विभिन्न ११ ओटा वडामा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्‍याउने नीति तथा योजनाअन्तर्गत उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको हो । विस्तार गर्न लागिको शहरी स्वास्थ्य केन्द्रका लागि भवन निर्माणको काम तीव्र रूपमा भइरहेको उपमहानगरपालिकाका इञ्जिनीयर राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार भ्याटसहित कुल चार करोड ४७ लाख २९ हजार रुपैयाँमा ११ ओटै वडाको स्वास्थ्य केन्द्र भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)