जनकपुर । जिल्ला प्रशासन कार्यालय धनुषाले आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी मङ्गलवारदेखि मदिरा विक्री, वितरण तथा सेवनमा रोक लगाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सूचना जारी गर्दै मङ्गलवारदेखि जिल्लाभरि सबै प्रकारका मादक पदार्थ (मदिरा)को विक्री वितरण तथा सेवनमा निषेध गरिएको जानकारी दिए । रासस