ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डाक्नेश्वरीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

२०७९ जेठ, ९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सप्तरी । डाक्नेश्वरी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । नगरप्रमुखमा एमालेका रामलखन मलाहा पाँच हजार ८५४ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वीमा नेपाली कांग्रेसका नारायण यादवले पाँच हजार ३९६ मत ल्याए । उपप्रमुखमा एमालेकै मीराकुमारी यादवले छ हजार १९७ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । निकटतम प्रतिद्वन्द्वीमा जसपाकी इन्दुदेवी यादवले पाँच हजार २०९ मत ल्याए । इन्दुदेवी यादव निवर्तमान उपप्रमुख हुन् ।

वडाध्यक्षमा एमाले र कांग्रेसले चार/चार, जसपा र लोसपाले एक/एक वडा अध्यक्षमा विजय हासिल गरेका छन् । एमालेबाट वडा नम्बर ५ मा रमेशकुमार चौधरी, ८ मा सीताराम पण्डित कुम्हार, ९ मा कर्णदेव चौधरी र १० मा कुञ्जिलाल चौधरी वडाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेसबाट वडा नम्बर १ मा प्रितमलाल चौधरी, २ मा रहमान मियाँ, ३ मा भागेश्वर यादव र ४ मा हरिप्रसाद राय वडाअध्यक्षमा विजयी भएका छन् । वडा नम्बर ६ मा जसपाका कुशेश्वरप्रसाद यादव र ७ मा लोसपाका शत्रुघ्न मण्डल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

योसँगै सप्तरीमा एमालेको निर्वाचित स्थानीय तह तीन पुगेको छ । कांग्रेस सर्वाधिक पाँच स्थानीय तहमा निर्वाचित भएको छ । जसपाले तीन र लोसपा तथा जनमत पार्टीले दुई/दुई स्थानीय तह र नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एक/एक स्थानीय तहमा विजय हासिल गरेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)