ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पेट्रोलियम पदार्थको कर घटाउन निजीक्षेत्रले गरे माग 

२०७९ जेठ, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

जेठ ११, वीरगञ्ज । सरकारले पेट्रोलियम पदार्थको आयातमा लिइरहेको उच्च दरको राजस्व घटाउन निजीक्षेत्रले माग गरेको छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले बुधवार प्रेस विज्ञप्तिमार्फत यस्तो माग गरेको हो ।  संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा सरकारले इन्धनमा लिएको राजस्वकै कारण मूल्य बढी भएको भन्दै राजस्व घटाएर उपभोक्तालाई राहत दिन आग्रह गरिएको छ । 

सरकारले ७ दिनको अन्तरमा डिजेल र पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ मूल्य बढाएपछि संघले यस्तो माग गरेको हो । खाना पकाउने ग्यासमा समेत प्रतिसिलिण्डर २०० रुपैयाँ बढाएर १ हजार ८०० रुपैयाँ पुर्‍याइएको छ । यस्तो मूल्यवृद्धिलाई संघले नाजायज भनेको छ । 

पेट्रोलियम पदार्थमा लाग्ने भंसार महशुल घटाउनुका साथै केही वर्षदेखि बुढीगण्डकी विद्युत् आयोजना निर्माणका नाममा लिइएको प्रतिलिटर १० रुपैयाँ कर घटाएर जनतामाथि परेको महँगीको भारी कम गर्न माग गरिएको छ । 

यसैबीच इन्धनमा भएको मूल्यवृद्धिको अनुपातमा ढुवानी भाडा बढाउनुपर्ने माग गर्दै ढुवानी व्यावसायीले गरेको हड्तालप्रति पनि संघको ध्यान आकृष्ट भएको विज्ञप्तिमा उल्लेख छ । 
ट्रक व्यवसायीहरूलाई यस्तो सम्वेदनशील विषयमा हड्तालभन्दा वार्ताको माध्यमबाट समस्या समाधानको लागि संघले अपिल गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)