ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रक्सौलमा खाद्य प्रयोगशाला स्थापना, भारत निकासी हुने वस्तुको नमूना परीक्षणमा सहज

२०७९ जेठ, २३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
रक्सौलमा भारतको राष्ट्रिय खाद्य प्रयोगशाला उद्घाटन गर्दै भारतीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. मनसुख मण्डाविया । साथमा नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादव (दायाँबाट दोस्रो) । तस्वीर : आर्थिक अभियान
author avatar अभियान संवाददाता

जेठ २३, वीरगञ्ज। सीमावर्ती भारतीय शहर रक्सौलमा भारतको राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना भएको छ ।

आइतवार भारतीय स्वास्थ्य एवम् परिवार कल्याणमन्त्री डा. मनसुख मण्डावियाले उक्त प्रयोगशालाको उद्घाटन गरेका छन् । खाद्य प्रयोगशाला उद्घाटनमा नेपालका कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवसमेत सहभागी थिए ।

प्रयोगशाला ‘भारतीय खाद्य सुरक्षा एवम् मानक प्राधिकरण’ (एफएसएसएआई) ले स्थापना गरेको हो । प्रयोगशाला स्थापनासँगै नेपालबाट हुने विभिन्न वस्तुको निकासीअघि भारतले गर्ने गुणस्तर परीक्षण सहज हुने भएको छ । नेपाली निर्यातकर्ताले रक्सौलमा प्रयोगशाला स्थापनाको माग गर्दै आएका थिए ।

नेपालबाट भारत निकासी हुने प्रशोधित तेल, भटमासको अर्धप्रशोधित तेल, खाद्यान्न, छालालगायत वस्तुको परीक्षण सहज हुने वीरगञ्जका निर्यातकर्ता सुरेश रुंगटाले बताए । यसअघि यस्ता वस्तुको नमूना परीक्षणका लागि कोलकाता वा दिल्लीस्थित प्रयोगशालामा पठाउनुपर्ने बाध्यता थियो । 

एफएसएसएआईले यो प्रयोगशाला उच्च प्रविधि र पूर्वाधारयुक्त भएको बताएको छ । रक्सौलमा स्थापना भएको प्रयोगशालाले नेपालको खाद्यान्न र कृषिजन्य उत्पादनको निर्यातमा नमूना परीक्षणमा लाग्ने समयको बचत हुनेछ । यसले नेपाल र भारतबीचको द्विपक्षीय व्यापार अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।

‘छिमेकी पहिलो’ नीतिअनुरूप नेपालसँग कनेक्टिभिटी, व्यापार तथा सीमा पूर्वाधार सुधार गर्ने अभिप्रायले यो संरचना स्थापना गरिएको एफएसएसएआईले बताएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)