ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्जका होटल व्यवसायी हरि पन्त भारतमा सम्मानित 

२०७९ असार, १२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

असार १२, वीरगञ्ज  । वीरगञ्जका होटल व्यवसायी हरि पन्त भारतको विहार राज्यस्थित वैशालीमा सम्मानित भएका छन् । व्यवसायी पन्त भारत–नेपाल समिट २०२२ मा सम्मानित भएका हुन् । 

होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्षसमेत रहेका पन्तलाई कोरोना महामारीको समयमा सीमाञ्चलको आर्थिक तथा सामाजिक सम्बन्ध सहजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सम्मानित गरिएको हो । 

कोरोना महामारी नियन्त्रणका लागि सरकारले बन्द गरेको सीमा नाकाबाट अन्य सबै सरोकार खुला भइसक्दा पनि सवारी आवागमन खोलिएको थिएन । वीरगञ्जलगायतका मुख्य नाकाबाट निजी सावारी आवागमन खुलाउन व्यवसायी पन्तले भूमिका खेलेका थिए । 

सीमाबाट निजी सावारी आवागमन बन्द रहँदा नेपालको होटल र पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको भन्दै त्यसबेला पन्तको पहलमा व्यवसायीहरू स्थानीयदेखि प्रदेश सरकार, प्रशासन, केन्द्रीय कोभिड व्यवस्थापन समिति र प्रधानमन्त्री कार्यालयसम्म धाएका थिए । 

व्यवसायीको लामो प्रयास र आग्रहपछि सरकारले नाकाबाट सवारी आवागमन खोलेको थियो । कोरोना महामारी नियन्त्रणमा दिएको योगदानका लागि व्यवसायी पन्त अन्य संघसंस्थाहरूबाट पनि सम्मानित भएका छन् ।    

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)