ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुगर मिल सञ्चालनका लागि छलफल

२०७९ असार, २९  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रौतहट (अस) । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्स पुनः सञ्चालनका लागि छलफल गरिएको छ । दुई वर्षदेखि बन्द रहेको मिल सञ्चालनका लागि श्रमहित उपभोक्ता एवं उद्योग समितिले स्थलगत निरीक्षण गरी सरोकारवालासँग छलफल गरेको हो । समितिले निरीक्षणपछि उखु उत्पादक संघ, कर्मचारी युनियन तथा मजदूर संघका पदाधिकारीसँग छलफल गरेको हो । छलफलमा उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव, सल्लाहकार रामभरोसी यादव, कर्मचारी युनियनका धीरेन्द्र यादव, सोनेलाल सहनी, रामकिशोर साह, राजदेव सहनी लगायतको सहभागिता थियो ।

कर्मचारी युनियनका पदाधिकारीले मिल सञ्चालन भएमा पुरानो बक्यौता रकम क्रमशः लिने बताएका थिए । श्रमहित उपभोक्ता एवं उद्योग समितिका सभापति रामेश्वर राय यादवले मिल सञ्चालनका लागि उद्योगीद्वय हृतेश गोल्छा र विशाल अग्रवालसँग छलफल गर्ने बताएका थिए । मिल बन्द हुँदा यस क्षेत्रका उखु कृषक मर्कामा परेकाले छिट्टै सञ्चालनमा ल्याउन प्रयास थालिएको उनको भनाइ थियो ।

विभिन्न कारणले बन्द रहेको मिल सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले यसका लागि आवश्यक पहल गर्ने टोलीमा सहभागीहरूले बताएका छन् । २०४९ सालमा स्थापना भएको मिलले बाध्यात्मक परिस्थितिका कारण स्थायी रूपमा बन्द गर्नु परेको दाबी गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)