ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्देशन नटेर्ने विद्यालयलाई कारवाही गर्ने वीरगञ्ज महानगरको चेतावनी

२०७९ सावन, २  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २, वीरगञ्ज  ।अत्याधिक गर्मी बढेपछि साउन २० गतेसम्मका लागि वीरगञ्जका विद्यालय बन्द गर्न दिइएको निर्देशन विद्यालयले पालना गरेका छैनन् ।

निर्देशन पालना नभएको पाइएपछि वीरगञ्ज महानगरले निर्देशा पालना नगर्ने विद्यालयलाई कारवाहीको चेतावनी दिएको छ । बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै महानगरले शुरूमा असारको २९ देखि ३१ गतेसम्म विद्यालय बन्द गर्ने सूचना निकालेको थियो । 

महानगरले गर्मी बढ्दै गएपछि पुनः अर्को सूचना निकालेर साउन २० गतेसम्म बिदा लम्ब्याएको हो । यो बिदा वर्षे बिदामा समायोजन हुने महानगरले बताएको छ । 
महानगरका केही सामुदायिक तथा संस्थागत विद्यालयले निर्देशन अवज्ञा गरेको पाइएकाले त्यस्ता विद्यालयलाई कारवाही गर्ने महानगरका शिक्षा अधिकृत हरि राउतले जारी गरेको सूचनामा उल्लेख छ । 

केही विद्यालयहरूले बिदा दिएका छन् भने कतिपयले अनलाइनमार्फत् कक्षा सञ्चालन गरेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)