ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज भन्सारले भेट्टायो राजस्वको लक्ष्य

२०७९ सावन, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वीरगञ्ज (अस) । आयात निर्यात कारोबारका हिसाबले मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय गत आर्थिक वर्ष (आव) २०७८/७९ मा लक्ष्यअनुसार राजस्व उठाउन सफल भएको छ । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यो भन्सारले गत आवमा कुल २ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ राजस्व उठाएको छ । यो अवधिका लागि वीरगञ्ज भन्सारले २ खर्ब ३ अर्ब २ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । भन्सारले आव २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३४ अर्ब ६ करोड रुपैयाँ बढी राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । आव २०७७/७८ मा १ खर्ब ७० अर्ब ५ करोड रुपैयाँ राजस्व उठेको थियो । गतवर्ष उठेको रकम अघिल्लो वर्षको तुलनामा २० प्रतिशत बढी रहेको पौडेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)