ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीलबिजकभन्दा बढी सामान बोकेको आरोपमा प्रहरीले राजस्व अनुसन्धानलाई बुझायो ट्रक 

२०७९ साउन, ४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन ४, वीरगञ्ज । बीलबिजकभन्दा बढी मालसामान लिएर हिंडेको आरोपमा प्रहरीले एउटा मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । 

हार्डवेयर पार्टस तथा खुद्रा सामानहरू बोकेको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले बताएको छ । 

वीरगञ्ज महानगरपालिका वडा नं १५ भानुचोकस्थित सडकखण्डमा ना ६ ख ६६६७ नम्बरको मालवाहक ट्रक समातेर बुधवार राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी प्रल्हाद कार्कीले बताए । 

सामानको मूल्यांकन ६७ लाख ५२ हजार ९९८ रुपैयाँ अनुमान गरिएको प्रहरीले बताएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)