ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अठार करोडको रासायनिक मल विक्री

२०७९ साउन, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जनकपुरधाम । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रू. १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल विक्री गरेको छ । सो अवधिमा रू. १० करोड ५१ लाखको डीएपी र रू. सात करोड ८१ लाखको युरिया विक्री गरेको छ ।

आव २०७८/७९ मा ६ हजार ५०० मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डीएपी मल विक्री गर्ने लक्ष्य रहेकोमा चार हजार ९५४ मेट्रिक टन युरिया र दुई हजार ३५५ मेट्रिक टन डीएपी मात्र आपूर्ति भएको कार्यालय प्रमुख दीपराज पौडेलले जानकारी दिए । गत आवमा युरिया चार हजार ९५४ मेट्रिक टन र डीएपी २ हजार ३४८ मेट्रिक टन विक्री भएको कार्यालय प्रमुख पौडेलले बताए ।

यसअघि आव २०७७/७८ मा कृषि सामग्री कम्पनी लहानले रू. १९ करोड ६५ लाख ६३ हजारको रासायनिक मल विक्री गरेको थियो ।  अघिल्लो आवको भन्दा आव २०७८/७९ मा लक्ष्यभन्दा कम मल आपूर्ति भएको थियो । यसरी वर्षेनि रासायनिक मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएकाले समस्या भइरहेको पौडेलको भनाइ छ ।

कार्यालय प्रमुख पौडेलका अनुसार सिरहामा साउनमा मात्र ३० हजार बोरा युरिया मल आवश्यक भएकामा हाल एक बोरा पनि युरिया मौज्दात छैन । डीएपी मल ६ मेट्रिक टन मात्र मौज्दात छ । मल नहुँदा दैनिक किसान रित्तो हात फर्किन बाध्य रहेको पौडेलले बताए । कृषि सामग्री कम्पनी केन्द्रीय कार्यालयबाट मल आउने आश्वासन पाएको र आएलगत्तै कोटा निर्धारण गरी स्थानीय तहमा रहेका सहकारी संस्थाका डिलरमार्फत किसानलाई मल वितरण गरिनेछ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)