ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज भन्सारबाट अवैध चुरोट बरामद

२०७९ साउन, ६  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं (अस) । विदेशबाट आयात गरिएको अवैध चुरोट वीरगञ्ज भन्सार कार्यालयले बरामद गरेको छ । वीरगञ्जको सुक्खा बन्दरगाहमा दुबईबाट भारत हुँदै आएको कन्टेनरमा अवैध चुरोट फेला परेपछि बरामद गरिएको हो ।

मुङको दाल भन्दै जाँचपास गराउन खोजेको कन्टेनरमा ५८ लाखभन्दा धेरै गोडाङ गरम र मोन्ड भेरियन्स ब्रान्डको चुरोट फेला परेको छ । गोडाङ गरम ब्रान्डको विदेशी चुरोट अहिले बजारमा छ्यापछ्याप्ती पाइने भए पनि यसरी भन्सारमा तस्करी हुँदै गर्दा बरामद गरिएको भने पहिलो घटना हो ।

नेपालमा विगत ५ वर्षमा चुरोटमा लाग्ने कर २ देखि ४ गुणा बढेपछि अहिले चुरोट एकदमै महँगो भएको छ । नेपालमा उत्पादन भई विक्री हुने चुरोटमा ५५ देखि ७० प्रतिशतसम्म कर लाग्ने गरेको छ । चुरोटमा अन्तःशुल्क, स्वास्थ्य जोखिम कर, मूअक लगायतका कर असुल गरिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)