ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राजविराज भन्सारमा लक्ष्यभन्दा कम राजस्व संकलन

२०७९ साउन, ८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सप्तरी । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१ दशमलव शून्य ४ प्रतिशत राजस्व संकलन गरेको छ । तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित भन्सार कार्यालयले आव २०७८/७९ मा रू. चार करोड १७ लाख ६४ हजार ९२ राजस्व संकलन गरेको हो । कार्यालयले रू. ६ करोड ८४ लाख २० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

भन्सार कार्यालयको तथ्यांकले सबैभन्दा बढी असोजमा रू. ५७ लाख ९६ हजार र सबैभन्दा कम चैतमा रू. १९ लाख १५ हजार राजस्व संकलन भएको देखाएको छ । जिल्लाबाट निकासी, पैठारी, लिलामी र अस्थायी पैठारी लगायत कारोबारबाट आव २०७८/७९ मा उक्त राजस्व संकलन भएको भन्सार कार्यालयका प्रमुख दीपेन्द्रकुमार झाले जानकारी दिए । आव २०७८/७९ मा सशस्त्र प्रहरीले सर्वाधिक ५८७, नेपाल प्रहरीले ४६३ र भन्सार कर्मचारीबाट १४ गरी कुल एक हजार ६४ लिलामी मुद्दा कार्यालयमा बुझाइएकोमा २०० मुद्दाको लिलामी कार्य सम्पन्न भएको उनले बताए । अन्य ४९९ मुद्दा टुंग्याउने सम्पूर्ण तयारी पूरा गरिएको र केही दिनमै प्रक्रियाअनुसार लिलाम गरिने उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)