ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निष्कासनमा परेका कर्मचारीको आन्दोलनले इनरुवा नगरको काम १० दिनदेखि ठप्प 

२०७९ साउन, १०  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १०, सुनसरी । करार अवधि नथपिएका कर्मचारीको आन्दोलनले सुनसरीको इनरुवा नगरपालिकाको काम १० दिनदेखि ठप्प बनेको छ । नगरपालिकाले ५७ जना कर्मचारीहरूको करार अवधि नथपेपछि उनीहरू आन्दोलित बनेका हुन् । 

नगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी ५७ जना कर्मचारीहरूको करार सेवाबाट हटाएको थियो । तर, ७९ जनाको भने करार अवधि थप गरेको थियो । 
नगरपालिकाले कार्य मूल्यांकनको आधार देखाउँदै ती कर्मचारीहरूको करार अवधि नथपेको जनाएको छ । निष्कासनका परेका कर्मचारीले भने राजनीतिक पहुँच नभएकालाई मात्रै हटाएको आरोप लगाएका छन् । 

कर्मचारी आन्दोलनका कारण नगरसहित वडाको कामकाज प्रभावित बनेको छ । 

नगरपालिकाका मेयर केदार भण्डारीले आवश्यक नभएका कर्मचारी हटाइएको बताए । नगरपालिकाले आर्थिक भार व्यहोरेर त्यति धेरै कर्मचारी राख्न नसक्ने उनको भनाइ थियो । साथै उनले करार अवधि नथपिएकाको म्याद थप नहुनेसमेत बताए ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)