ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरेलु उद्योगबाट २ करोड राजस्व असुली

२०७९ साउन, ११  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रौतहट (अस) । घरेलु तथा साना उद्योग कार्यालय रौतहटले गत आर्थिक वर्ष २०७८/७९ मा २ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा गत आर्थिक वर्षमा २ करोड ११ लाख ७१ हजार ८८५ रुपैयाँ राजस्व संकलन गरेको हो ।

कार्यालय प्रमुख जयकान्त झाले उद्योगतर्फ ९८ लाख  ९ हजार १५० रुपैयाँ र वाणिज्यतर्फ १ करोड १३ लाख ५२ हजार २०० रुपैयाँ राजस्व संकलन गरिएको जानकारी दिए । उनका अनुसार विभिन्न सामग्री लिलामबाट १० हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयले दर्ता, नियमन, लागत तथा खारेजी लगायत काम गर्ने गरेको छ । गत आर्थिक वर्षमा उद्यमशीलतातर्फ १५१ जनाले तालीम लिएको घरेलु तथा साना उद्योग कार्यालय रौतहटले जानकारी दिएको छ । तालीम लिनेहरूमा १४९ जना महिला र दुई जना पुरुष थिए ।

घरेलु तथा साना उद्योग कार्यालय रौतहटका अनुसार चन्द्रपुर नगरभित्र घरेलु तथा साना उद्योगको संख्या बढी छ । कार्यालयका अनुसार नियम विपरीत सञ्चालनमा रहेका केही घरेलु तथा साना उद्योग खारेज समेत गरिएको छ । चालू आर्थिक वर्ष २०७९/८० मा पनि  उद्यमशीलता विकास तालीम दिने योजना रहेको कार्यालय प्रमुख झाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)