ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गौरमा रू. ४२ करोडमा विभिन्न संरचना निर्माण गरिँदै

२०७९ साउन, १८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

रौतहट (अस) । रौतहट सदरमुकाम गौरमा रू. ४२ करोडको लागतमा सडक, टाउन हल र विवाह भवन निर्माण गरिने भएको छ । शहरी विकास मन्त्रालयले उक्त संरचना बनाउने भएको हो । सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत गौर नगरपालिका–२ मा रू. २० करोडको लागतमा टाउन हल र गौरको कबिर चोकमा रू. ८ करोडको लागतमा विवाह भवन बनाइने गौर नगरप्रमुख शम्भु साहले बताए ।

त्यसैगरी रू. १४ करोडको लागतमा टिकुलिया, सिर्सिया र सबगढामा सडक तथा ढल निर्माणको काम गर्ने मेयर साहले बताए । उनका अनुसार गौर नगरपालिका–२ मा तीन सय दर्शक क्षमताको टाउन हल बन्नेछ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले उक्त सबै संरचनाको शिलान्यास गरेका हुन् । सो अवसरमा उनले विकासका काममा प्रतिशोधको भावना नराख्न र सहकार्य गर्न आग्रह गरे ।  गौरको विकासका लागि उक्त योजनाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

शहरी विकासमन्त्री मेटमणि चौधरीले टाउनहल, विवाह भवन, सबगढा, टिकुलिया र सिर्सियामा निर्माण हुने सडकहरू समयमै सम्पन्न गर्न सघन शहरी तथा भवन निर्माण आयोजनाले काम गर्ने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)