ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कटान रोक्न नदीको किनारमा बाँस रोपियो

२०७९ साउन, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

रौतहट (अस) । बकैया नदीको कटान रोक्न गौर नगरपालिकाले नदी किनारमा बाँसका बिरुवा रोपेको छ । गौर नगरपालिका–४ सोवर्नामाई नजिक बकैया नदीको बाँधमा बाँसका बिरुवा रोपिएको हो । गौर नगरपालिकाका प्रमुख शम्भु साह र वडाध्यक्ष सञ्जय गिरीले बिरुवा रोप्ने अभियान शुरू गरेपछि स्थानीयले तटबन्धमा बाँस रोप्न थालेका हुन् ।

नगरप्रमुख साहले नदी कटानबाट नगरवासीलाई जोगाउन किनारमा बाँसका बिरुवा रोपेको बताए । नदी किनारमा रहेको तटबन्ध वर्षेनि कमजोर हुँदै गएकाले कटानको त्रास बढेको उनको भनाइ थियो । त्यसबाट जोगाउन बाँसको बिरुवा रोपेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)