ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महोत्तरी अस्पतालमा कोरोना महामारीमा किनिएका उपकरणहरू प्रयोगविहीन, कमिशनका लागि किनेको आरोप ! 

२०७९ साउन, २८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

साउन २८, महोत्तरी । महोत्तरीको जलेश्वरस्थित जिल्ला अस्पतालमा खरिद गरिएका रू. साढे दुई करोडभन्दा बढीको उपकरणहरू प्रयोगविहीन बनेका छन् । कोरोना महामारीमा रू. २ करोड ५५ लाख ५२ हजारमा किनिएका पाँच थान भेन्टिलेटर, बेड सेट, मोनिटर, इको र आइसियु सेटहरू प्रयोगविहीन भएका हुन् ।  

जिल्ला अस्पताललाई कोभिड विशेष अस्पतालका रूपमा विकास गरिएपछि दुई वर्षअघि कोरोना नियन्त्रणका लागि ती उपकरणहरू खरिद गरिएको थियो । तर, दक्ष जनशक्ति नहुँदा त्यतिबेला अस्पतालमा भेन्टिलेटर र आइसियु सञ्चालन हुन सकेको थिएन । 

दक्ष जनशक्ति नहुँदा पनि उपकरण किनिएपछि स्थानीय बासिन्दाले कमिशनका लागि उपकरणहरू किनिएकाे आरोप लगाएका थिए ।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शतिश साहले दक्ष जनशक्ति अभावका कारण कोरोना महामारीमा ती उपकरण सञ्चालन हुन नसकेको बताए । अहिले भने ती उपकरण सञ्चालनका लागि तयारी भइरहेको उनले जानकारी दिए । मधेश प्रदेश सरकारले अस्पतालमा ५० शय्या सञ्चालन गर्न अस्थायी दरबन्दी उपलब्ध गराएकाले चाँडै विशेषज्ञ चिकित्सकहरू भर्ना गरेर ती उपकरणहरू सञ्चालन गर्ने तयारी भएको उनको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)