ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंकहरूले कर्जा लगानी रोक्दा वीरगञ्ज नाकामा थुप्रिए १७ सय गाडी 

२०७९ साउन, २८  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २८, वीरगञ्ज । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब समाधान गर्न भन्दै सरकारले आयातमा गरेको कडाई र तरलता अभावलाई कारण देखाएर बैंकहरूले कर्जा लगानी रोकेपछि मुख्य भन्सार वीरगञ्जमा गाडी थुप्रिएका छन् । 

बजारमा नयाँ गाडीको माग नै नभएपछि आयातकर्ताले भन्सारमा भित्रिएका गाडी समेत छुटाएका छैनन् ।  प्रतीतपत्र (एलसी) खोलेर भित्रिएका गाडीको जाँचपासका लागि राजस्व तिर्ने पैसासमेत नभएको भन्दै आयातकर्ताले गाडी छुटाउन ढिलाई गरेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । 

एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा १ हजार ७०० भन्दा बढी नयाँ गाडी रोकिएको नेपाल इन्टरमोडल यातायात विकास बोर्ड (एनआईटीडीबी) वीरगञ्जका प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।  ‘आईसीपीको ४०० ओटासम्म गाडी पार्किङको क्षमता हो । १ हजार ७०० भन्दा बढी गाडी थुप्रिएपछि व्यवस्थापन नै अस्तव्यस्त बनेको छ’, ज्ञवालीले भने ।  

सरकारले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका गाडीको आयातमा रोक लगाएको छ । आयातमा कडाई गरिएपछि गत आर्थिक वर्षका पछिल्ला महीनाहरूमा गाडीको आयात यसै पनि घटेको थियो । 

बैंकहरुले गाडीमा कर्जा करीब बन्द नै गरेका छन् । गाडी कर्जा नपाएपछि बजारमा माग आउन नसकेको आयातकर्ता बताउँछन् । सवारी साधन आयात हुने मुख्य नाका वीरगञ्जबाट गत कात्तिकदेखि नै यस्ता सवारी साधनको आयात घटेको देखिन्छ । 

गत आर्थिक वर्ष (आव) २०७८/ ७९ को कात्तिकयता प्रत्येक महीना अघिल्लो आव २०७७/ ७८ को तुलनामा आयात घटेको भन्सारको तथ्यांक भन्सारसँग छ । गत असारमा वीरगञ्ज भन्सारबाट ६८ ओटामात्र जीपकार जाँचपास भएको छ । त्यसअघिको समीक्षा महीनामा यो संख्या ४८७ थियो ।  

सरकारले आर्थिक वर्ष (आव) २०७८/ ७९ को दोस्रो चौमासदेखि नै आयातमा क्रमशः कडाई थालेको थियो । त्यसयता हलुका सवारी साधनको आयात निरन्तर ओरालो लागेका तथ्यांकले देखाउँछ । केही आयातकर्ताले सीमावर्ती भारतीय शहर रक्सौलमा पनि जग्गा भाडामा लिएर गाडी राख्ने गरेका छन् ।

भारतबाट आयात हुने गाडी ३ महीनाभित्र भारतीय भन्सारबाट बाहिरिएको प्रमाण पेश गरेपछि मात्रै त्यहाँको बस्तु तथा सेवा कर (जीएसटी) फिर्ता पाउने प्रावधान छ । भारतमा जीएसटी मिलानका लागि पनि आयातकर्ताले अहिले धमाधम गाडी भित्र्याउनु परेको हो । भन्सारमा आइसकेका गाडी आयातकर्ताले जाँचपास गराएका छैनन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)