ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन बन्ने

२०७९ भदौ, ५  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

रौतहट । रौतहटमा चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माणका लागि शिलान्यास गरिएको छ । मधेश प्रदेशसभा सदस्य धनलाल ठोकर र संघका अध्यक्ष उदयनारायण सापकोटाले संयुक्त रुपमा शुक्रवार भवनको शिलान्यास गरेका हुन् । संघका निवर्तमान उपाध्यक्ष प्रकाश गहतराज र वर्तमान अध्यक्ष सापकोटाले निःशुल्क उपलब्ध गराएको जमीनमा भवन निर्माण हुने भएको हो । करीब तीन करोड ५० लाखको लागतमा भवन निर्माण गर्न लागिएको भवन अपांगतामैत्री, भूकम्पमैत्री र अत्याधुनिक हुने संघका अध्यक्ष सापकोटाले बताए । उनका अनुसार चार तलाको उक्त भवनमा वस्तुगत संघसंस्थाका कार्यालय, सभाहल, बैठक कक्ष रहनेछन् ।

उद्योग वाणिज्य संघको चुनावी मैदानमा हुँदा भवन निर्माण प्राथमिकतामा राखेको र अहिले पदभार ग्रहण गरे लगतै पहिलो काम नै भवन शिलान्यास गरिएको उनले बताए । आफ्नो कार्यकालमै भवन निर्माण पूरा गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

नगर संघको नेतृत्वमा रहेका बेला समग्र व्यवसाय र व्यवसायीका हितका लागि काम गर्ने उनले बताए । यसअघि चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन चन्द्रपुर नगरपालिकाले वडा नं ५ मा थालिएको थियो । तर चन्द्रपुर नगरपालिकाले सार्वजनिक जमीनमा जथाभावी भवन बनाउन नमिल्ने भन्दै निर्माण तत्काल रोक्न पत्र पठाएको थियो ।

भवन निर्माण शुरू भएको करीब एक महीनापछि नगरपालिकाले पत्र पठाउँदा काम अधुरो रहेको र त्यहाँ गरिएको लगानी उपयोग नभएको नगर संघका पूर्वअध्यक्ष सुनिल जयसवालले बताए । भवन निर्माणका लागि समिति गठन गरी काम तीव्र पारिएको बेला नगरपालिकाले पत्र पठाएपछि व्यापारीहरू निराश भएका थिए । संघको भवन निर्माणका लागि शिलान्यास भएसँगै व्यापारीहरूले सहयोग जुटाउन थालेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)