ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लाइन काटेर महसुल असुली

२०७९ भदौ, २३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कञ्चनपुरले आर्थिक वर्षमा महसुल नतिर्ने ग्राहकको लाइन काटेर रू. दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ असुलउपर गरेको छ ।

कञ्चनपुर वितरण केन्द्रका प्रमुख सञ्जीव साहले आर्थिक वर्ष २०७८/७९ मा विद्युत् महसुल नबुझाएका नौ सय ७८ ग्राहकको विद्युत्को लाइनसमेत काटिएको बताए । रू. चार करोड ८४ लाख ८३ हजार नौ सय ९७ मूल्य बराबरको ग्राहकबाट असुुल गर्न बाँकी रहेकोमध्ये विद्युत् लाइन पुनः जडान गरिएबापत अहिले तत्काल रू. दुई करोड ६५ लाख ५५ हजार सात सय ४८ संकलन गरेको केन्द्र प्रमुख साहले जानकारी दिए । ६सय २५ जना ग्राहकले उक्त रकम बराबरको महसुल तिरेको उनले बताए ।

 कञ्चनपुर वितरण केन्द्रको औसत संकलन पनि ९९ दशमलव ९ प्रतिशत रहेको बताउँदै बितेको आर्थिक वर्षमा विद्युत् चुहावट गर्ने दुई सय ८१ जनालाई कारबाहीसमेत गरिएको प्रमुख साहले बताए । उनले भने, ‘विद्युत् चुहावट गर्ने ४२ जनालाई कारबाही गरिएको छ ।’ चुहावटबाट रू. २० लाख ८४ हजार चार सय ९३ असुल गरिएको हो । आर्थिक वर्ष २०७७/७८ मा औसत २६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा २४ दशमलव शून्य ३ प्रतिशतमा झारिएको साहले दाबी गरे । कञ्चनपुर वितरण केन्द्र अन्तर्गत २२ प्रतिशत ग्राहकले अनलाइनमार्फत भुक्तानी गरेका छन् । इन्टरनेटको पहुँचमा हुने ग्राहकलाई अनलाइनमार्फत भुक्तानी गर्न आग्रह गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)