ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुनौलीसँग जोड्ने बाटो मर्मत नहुँदा समस्या

२०७९ भदौ, २४  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सप्तरी । भारतीय बजार कुनौलीसँग जोड्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालयदेखि पूर्वको सडक बाटो मर्मत नहुँदा आवतजावतमा समस्या भएको छ ।

खाँडो र जिता नदीमा आएको बाढीले करीब दुई महीनाअघि भत्काएको सडक मर्मत नहुँदा आवतजावतमा समस्या भएको हो । राजविराज हुँदै तिलाठी कोइलाडीस्थित बेल्ही भन्सारलाई भारतीय बजार कुनौलीसँग जोड्ने एकमात्र सडक मर्मत नहुँदा समस्या भएको गुनासो स्थानीय अजित झाले गरे । बाढीले भन्सारभन्दा करीब दुई सय मिटर पूर्वमा सडक भत्काएको छ ।

यसै सडकले तिलाठी कोइलाडी गाउँपालिकालाई पूर्वमा रहेको हनुमाननगर कङ्कालिनी नगरपालिकासँग समेत जोड्छ । सरकारी स्रोतबाट ह्युम पाइप दिएपछि स्थानीयले माटोको बोरा राखेर पैदल हिँड्ने बाटो बनाएका छन् । सामान्य मर्मतपश्चात पैदलयात्री, मोटरसाइकल चले पनि पूर्ववत् सडक सञ्चालन हुन सकेको छैन । प्रभावकारी रूपमा मर्मत नगरिएकाले चारपाङ्ग्रे गाडी गुडाउन जोखिमपूर्ण रहेको स्थानीय राधेश्याम यादव बताउँछन् ।

दशगजा क्षेत्रमा रहेको जिता नदीले राजविराज भन्सार कार्यालय र भारतको कुनौली बजार छुट्याएको छ । भन्सारलाई कुनौली बजारसँग जोड्ने पक्की पुल नभएका कारण भन्सार कटाउन आउने मालवाहक गाडीहरू करीब तीन किलोमिटरको दूरी तय गरी हनुमाननगर कङ्कालिनी नगरपालिकाको मल्हनियाँ हुँदै आवतजावत गर्नुपर्ने बाध्यता रहेको यादवको भनाइ छ ।

भत्किएको सडक मर्मत नहुँदा मालवाहक गाडीलाई भन्सारसम्म पुग्न मल्हनियाँ गाउँको भित्री सडक भएर जानुपर्ने बाध्यता छ । हनुमाननगर बजार हुँदै सकरपुराको बाटो भएर जाने बाटोको दूरी १२ किलोमिटर छ । बाटोको कठिनाइले भन्सारको राजस्व सङ्कलनसमेत प्रभावित भएको र राजस्व छलीलाई बढावा मिलेको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)