ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उद्यमी टेमानी वीरगञ्ज महानगरको सल्लाहकार नियुक्त 

२०७९ भदौ, २७  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता


भदौ २७, वीरगञ्ज । उद्यमी अशोककुमार टेमानी वीरगञ्ज महानगरको सल्लाहकार नियुक्त भएका छन् । नगर प्रमुख राजेशमान सिंहले टेमानीलाई सल्लाहकार नियुक्त गरेका हुन् । 

सल्लाहकार टेमानीबाट वीरगञ्जको विकासका लागि महानगरले सञ्चालन गरेका योजना र भविष्यमा लिने रणनीतिबारेमा योगदान पुग्ने विश्वास प्रमुख सिंहले लिएका छन् । 

नेपाल–भारत सोसियोइकोनोमिक फोरमको अध्यक्ष रहेका टेमानी विकासका अवधारणामा दूरदृष्टिकोण राख्न सक्ने अगुवाको रुपमा चिनिन्छन् । 

वीरगञ्ज उद्योग वाणिज्य संघको अध्यक्ष रहिसकेका टेमानीले सो कार्यकालमा बारा र पर्साको दीर्घकालीन विकासलाई समेटेर ‘ग्रेटर वीरगञ्ज’को अवधारणा ल्याएका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहिसकेका उनी अहिले महासंघ मधेस प्रदेशको पारवाहन समितिको संयोजक पनि हुन् । टेमानी वैदेशिक व्यापार र पारवहनका क्षेत्रमा जानकार उद्यमीको रुपमा परिचित छन् ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)