ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संविधान दिवसमा वीरगञ्जका वरिष्ठ उद्यमीदेखि अगुवासम्मलाई पदक 

२०७९ असोज, ३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता


असोज ३, वीरगञ्ज । संविधान दिवसको अवसरमा वीरगञ्जका वरिष्ठ उद्यमीदेखि निजीक्षेत्रका अगुवासम्मलाई सरकारले पदक दिएको छ । 

वीरगञ्जका वरिष्ठ उद्योगपति मुरलीधर रुंगटा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ता र पूर्वअध्यक्ष अशोककुमार वैदलाई प्रवल जनसेवाश्री पदक दिइएको हो । संविधान दिवसमा घोषणा गरिएका पदक आगमी बैशाख १ गते राष्ट्रपतिबाट बितरण हुनेछ ।

वीरगञ्जलाई आधार बनाएर उद्योग व्यापारको क्षेत्रमा सक्रिय उद्योगी रुंगटा सामाजिक सेवाको क्षेत्रमा पनि उत्तिनै अग्रणी भूमिकामा छन् । ८५ वर्षीय उद्योगी रुंगटा औद्योगिक तथा व्यापारिक समूह रुंगटा ग्रुपका अध्यक्ष हुन् । 

उनी अध्यक्ष रहेको रुंगटा वेलफेयर सोसाइटी र मारवाडी सेवा ट्रस्ट सामाजिक सेवाको क्षेत्रमा सक्रिय छ । संघका अध्यक्ष गुप्ता नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य, महासंघकै बैंक तथा इन्सुरेन्स समितिको सहसंयोजक र नेपाल चामल, दाल तेल उद्योग संघको केन्द्रीय अध्यक्ष पनि हुन् । 

उद्योगी वैद नेपाल–भारत सहयोग मञ्चको अध्यक्ष हुन् । उनी विगत लामो समयदेखि वीरगञ्ज महानगरको सदुभावदूत रहेका छन् । वैद संघको अध्यक्ष हुँदा ५ जना पूर्वप्रधानमन्त्रीलाई वीरगञ्जको एउटै मञ्चमा भेला गराएर विकासको १० वर्षे मार्गचित्रमा १२ बुँदे प्रतिबद्धता गराएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)