ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगञ्ज नाकाबाट इन्धन आयातमा १७ % ले कमी, राजस्वमा २ % ले मात्र वृद्धि

२०७९ असोज, २२  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फाइल फोटो

वीरगञ्ज । देशकै प्रमुख व्यापारीक नाका वीरगञ्जबाट इन्धनको आयातमा कमी आएको छ । वीरगञ्ज नाका प्रयोग गरी डिजेल, पेट्रोल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यास आयातमा १७ प्रतिशतले कमी आएको पाइएको छ ।     
     
 गत आर्थिक वर्षको साउन र भदौमा वीरगञ्ज नाकाबाट २० अर्ब ४ करोड ४३ लाख मूल्यको २ लाख २७ हजार ५३६ किलोलिटर इन्धन आयात भएको थियो । चालू आवको सोही अवधिमा ९ अर्ब २० करोड ७३ लाखको १ लाख ९० हजार ९ किलोलिटर इन्धन आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए।

गत आवको तुलनामा चालू आवको साउन र भदौमा अन्तरराष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले आयातमा कमी आएको उनले बताए । खरीद मूल्यमा भने ४५ दशमलव ९३ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।     
     
 गत आवको पहिलो दुई महीनामा वीरगञ्ज नाकाबाट १० अर्ब १३ करोड मूल्यको १ लाख ४८ हजार ४६० किलोलिटर डिजेल, ४ अर्ब ६३ करोड मूल्यको ६२ हजार ७३२ किलोलिटर पेट्रोल, १ अर्ब ९८ लाख मूल्यको १५ हजार ३६४ किलोलिटर हवाई इन्धन, ७ करोड ७४ लाख मूल्यको ९८० किलोलिटर मट्टितेल र ४ अर्ब १९ करोड मूल्यको ४३ हजार ६२४ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको छ ।     
     
 चालू आवको सोही अवधिमा १३ अर्ब ९५ करोड मूल्यको १ लाख ७ हजार ४०६ किलोलिटर डिजेल, ७ अर्ब ५३ लाख मूल्यको ६२ हजार ७६० किलोलिटर पेट्रोल, २ अर्ब ४२ करोड मूल्यको १८ हजार ९८० किलोलिटर हवाई इन्धन, १२ करोड १५ लाख मूल्यको ८८० किलोलिटर मट्टितेल र ५ अर्ब ७४ मूल्यको ४२ हजार ५६२ मेट्रिकटन खाना पकाउने ग्यास आयात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।     
     
 वीरगञ्ज नाकाबाट इन्धनको आयात घटे पनि त्यसबाट संकलित हुने राजस्व भने दुई प्रतिशतले बढेको छ । गत आवको पहिलो दुई महीनामा ९ अर्ब ६६ करोड ९६ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालू आवको सोही अवधिमा १६ करोड ७२ लाख रुपैयाँ बढी अर्थात् ९ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)