वीरगञ्ज । बारा जिल्लाको पचरौताबाट सशस्त्र प्रहरीले २० किलोग्राम लागू औषध चरेशसहित ३ जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) गणेश ठाडा मगरका अनुसार पचरौता नगरपालिकाको वडा नं. ७ स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको टोलीले चेकजाँचको क्रममा सो चरेश बरामद गरेको हो ।
ना १ ह ६२३४ नम्बरको अटोमा २ ओटा ग्यालिनमा लुकाएर भारततर्फ लैजान लागिएको अवस्थामा सो परिमाणको चरेश बरामद भएको सशस्त्र प्रहरीले बताएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं. १९ नगवाका मुकेश श्रीवास्तव, वीरगञ्ज महानगर वडा नं. २ छपकैयाका मुस्तफा देवान र अटो चालक बारा जिल्ला महागढीमाई नगरपालिका वडा नं. १ का मुस्ताज देवान रहेको डीआईजी मगरले बताए ।
बरामद भएको लागूऔषध र अभियुक्तहरुलाई कारवाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले बताएको छ ।