ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तराईमा छठको रौनक बजारमा बढ्यो चहलपहल

२०७९ कात्तिक, १३  
मधेश प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरगञ्ज । छठ पर्व शुरू भएसँगै तराईका बजारमा पूजा सामग्री खरीदविक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट छठ पर्व विधिवत् रूपमा शुरू भएसँगै चहलपहल बढेको हो ।

छठ पूजाका लागि आवश्यक सामग्री, हरियो तरकारी, फलफूल किन्ने ग्राहकको भीड देखिन्छ । खासगरीे छठ पूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानीसहितको नरिवल, उखु, हरियो बोडी, पानी सिंगडा, गागल, मूला, अदुवाको बोटलगायत फलफूल, हरियो तरकारी, माटो तथा बाँसका सामग्री खरीद गर्नेको भीड बजारमा देख्न सकिन्छ । छठ पूजामा आकर्षक सजावटका लागि नेपालमै सबैभन्दा बढी चर्चामा रहँदै आएको वीरगञ्जको घडीअर्वा पोखरी छठघाटको व्यवस्थापन र सजावटको काम तीव्र गतिमा भइरहेको छ ।

व्रतालुहरू छठका लागि बाँसको नाङ्लो, ढाकी, कोनिया, डगरी, माटोको हात्ती, दियो, ढकना, कोशिया, कुरवार, केरालगायत फलफूल, उखु, भोगटे, कागती, सखरलगायत पूजा सामग्री खरीदमा व्यस्त देखिएका छन् ।

छठ पूजामा नयाँ कपडा लगाउनुपर्ने भएकाले कपडा पसलमा पनि उत्तिकै भीड छ । छठ पर्व मनाउनेहरू पोखरीको डिल र नदीको किनार सरसफाइ गर्दै आ–आफ्ना पूजास्थल सुरक्षित गर्न तल्लीन छन् । मध्यतराईका जिल्लामा रहेका छठी घाटहरूमा लाखौं रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनको काम भएका छन् । स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् भने बजार छठका सामग्रीले भरिभराउ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)